हातीकाे खाने र देखाउने दाँत यस्ता हुन्छन् – आजका हेडलाईनहरु
प्रकाशित मिति: 19 August, 2019 3:07 am
नेकपाको समिकरण उथलपुथल : माधव नेपालको बरियतामा झलनाथको धावा
नेकपाको समिकरण स्वार्थको खेल : यो पनि न टिक्ने माधव नेपालको दावा !
समाजवादी पार्टी हात्ती हो, हात्ती छाप चप्पल होइन : अध्यक्ष भट्टराई
बथानबाट छुटेर भौतारिएको छावा जस्तो, कहिले गाउँ कहिले जंगल !
पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि भन्ने लाग्छ : प्रचण्ड
आफ्नै पार्टी रहन्थ्यो कि रहन्नथ्यो भन्न सकिन्न ! मने, बिकल्प चाहिँ पक्कै रहन्थ्यो !
संविधान संसोधनको सर्तमा दुइ तिहाइ पुर्याउन सरकारमा गएका हौँ : उपेन्द्र यादव
हात्तीका दुइटा दांत, देखाउने संशोधन, चपाउने मन्त्री पद र पैसा !
‘बहुदलीय जनवाद’लाई म चिन्दिनँ र जान्दिनँ भन्नु गैराजिम्मेवारपना हो !’
– बेदुराम भुषाल
जनताको जनवाद कतै मनवाद, धनवाद रदनावाद्को भुमरीमा त फँस्दै छैन कमरेड !
ReplyForward
|