रक्षामन्त्रीले सरकारी जग्गा खोज्दा कसले भन्यो- ‘बिष्णु बिष्णु बिष्णु, जस्ले सक्छ त्यसले घिच्नु ?’
प्रकाशित मिति: 6 August, 2019 4:45 am
ड्राईभर होइन, बाटो नै फेर्नुपर्छ !’ -कमल थापा
बाटो न घाटो दगुर्छ लाटो !
अस्पताल सरकारी, चिकित्सक गैरसरकारी !
डाक्टरलाई खसीको मासुभात, बिरामीलाई विषाक्त तरकारी !
‘जुनसुकै पार्टीका हुन्, सार्वजनिक जग्गा कब्जा गर्ने अपराधी हो ।’ -रक्षामन्त्री पोखरेल
बिष्णु बिष्णु बिष्णु – आफ्नै घरमा बाँदरलाई लिस्नु !
१० प्रकारका फलफूल र तरकारीमा विषादीको सिमा निर्धारण भयो
निर्धारण गर्दा गर्दै कतिको ज्यान गयो गयो !
श्रीमान बैदेशिक रोजगारीमा, श्रीमती अर्कै युवकसँग पासोमा !
के भनौं र खोई- बेरोजगार पतिको पत्नी पोईला गई !
‘प्रदेश २ लाई विशेष प्याकेज चाहियो !’ – मन्त्री जितेन्द्र सोनाल
प्याकेज माग्दा प्याकेट पाईन्छ – त्यो पनि एक्लै खाईन्छ !
‘शिक्षा र स्वस्थ्यमा पैसा कमाउने धन्दा बनाउन दिँदैनौं !’ – नारायणकाजी श्रेष्ठ
पैसा नकमाए पनि नाफचाहीं कमाउन पाउनु पर्छ – सर्वश्रेस्ठ कार्यकर्ता