‘काम गर्न नसके राजिनामा दिन्छु !’ – किन यसो भने ?
प्रकाशित मिति: 2 August, 2019 5:23 am
‘संसद् र सरकारको सम्वन्ध श्रीमान्- श्रीमतीजस्तो होइन ।’ – लक्ष्मणलाल कर्ण
गर्लफ्रेण्ड-ब्वाईफ्रेण्ड जस्तो हुनु पर्ने हो, खाँदा मिल्ने, दिंदा रिसाउने !
‘कांग्रेसको सरकार भएको भए मेलम्चीको पानी आइसक्ने थियो ।’ – प्रकाशमान सिंह
घरमा छँदा माखो नमार्ने, गाउँमा गएर कुराले दोचार्ने !
‘प्रधानमन्त्री रोजगार संसारकै सफल कार्यक्रम ।’ -श्रममन्त्री विष्ट
संसारमा सफल तर नेपालमा असफल भन्दैछन त !
‘न्यायपालिका मर्माहत भएको छ, मैले पत्रकारसँग सहयोग मागें ।’ – प्रधानन्यायाधीश
न्यायको डाक्टर तपाईँ नै हो, उपचार गर्न आउने को ?
गृहसचिवको प्रस्ताब : ‘कर्मचारीमा ‘छड्के प्रबेश’ विकृति ल्यायो, खारेज गरौं ।’
छड्के प्रबेशलेमात्र हैन, छड्के निकास (हाजिर गरेर टाप कस्ने) कुराले पनि बिकृति !
प्रधानमन्त्री रोजगार कार्यक्रम : १ लाख ७६ हजारले रोजगारी पाएको दाबी
रोजगार पाउने २२८७ × ७७ गुना, चर्चा र सन्तुस्टी देखिन्छ सुन्ना !
‘काम गर्न नसक्ने महशुस हुनासाथ राजिनामा दिन्छु !’ – पर्यटनमन्त्री भट्टराई !
‘कि पस्दै नपस, पसेपछी मोती टिपेरमात्रै निस्क ।’ – मनराष्ट्रमन्त्री ।