मेड ईन नेपाल, चार पाङ्ग्रे गाडी, ब्याउनु पर्यो, पाडो होस् कि पाडी…
प्रकाशित मिति: 17 March, 2019 3:41 am
सरकारले चार पाङ्ग्रे सवारी साधन नेपालमै बनाउने घोषणा गरेको छ । त्यसकालागि १० अर्बको विदेशी लगानी भित्र्याउने निर्णय समेत भईसक्यो । कोरियन कम्पनी ‘मेट्रेक्स’ले यो काम गर्ने जनाएको छ ।
उक्त खबर बाहिर आएपछि यो निर्णयलाई लिएर को, के सोच्दै होलान् ? आउनोस्, यसको गजुरियालिटी पढाैं ।
सरकारका प्रम – आफ्नो पालाको पहिलो ऐतिहिसिक काम ठानेर ‘जुता’ लगाउँदै । ( जुता= जुङ्गामा ताउ) ।
मन्त्री र सम्वन्धित समिति : जसको भारी-आफैंतिर पारी, मौकाको फाईदा- हेर्दै वरिपरी ।
प्रतिपक्ष : घर-झगडामै बेहोस् भएको बेला, यो निर्णय सुन्दा बेलाबेला झस्किएला !
घरानीयाँ उद्योगी : श्रोत र बुद्धि पुगेन पहिले, कोरियन भाइले खानेभो ऐले, अब चाँही सोचौं मिलेर सबैले !
मध्मम ब्यापारी, कर्मचारी : अलि सस्तो पाउला कि, मोडल राम्रै आउला कि, एउटा किन्नै पर्ने हो, सोचे जस्तो भए त पक्कै ल्याउनु पर्नेभो !
मर्मत सेन्टर : भारतबाट आए जापानबाट आए, सँगै मिस्त्री अनि स्पेयर पार्टस् पठाए, हे कोरियन दादा, छिन्मै चल्ने छिन्मै गल्ने साधन बनाएस् !
सर्वसाधारण : पेट भोकै छैन मकै, लुतो न कनाई, पितलको सनाई !