कृषिमा सरकारी अनुदान लिने सबैभन्दा सजिलो उपाय…
प्रकाशित मिति: 7 March, 2019 3:30 am
कृषि क्षेत्रको विषय उठान गर्दा बिभिन्न प्रकृतिका कृषक पाईन्छन् ।
लामो समयदेखि कृषिमा लागे पनि सिप र श्रोतको अभावमा कामचलाउ कृषकको रुपमा संघर्ष गरिरहेका कृषकको सँख्या ठुलो छ । थोरै कृषकहरु लगानी र सिपमा पहुँच भएकाले सफल व्यवसायी पनि भएकाछन् ।
त्यसैगरी बैदेशिक रोजगारीबाट फर्किएका केही युवाहरुले बिदेशमा सिकेको सिप र अनुभवको उपयोग गर्दै केहि कृषिक्षेत्रमा काम गरेको पाइन्छ । तर, कृषि प्रधान मुलुकका लागि उपरोक्त प्रयत्न पर्याप्त हैन ।
अर्थमन्त्रीज्यूको भनाइमा गजुरियल टिप्पणी छ- सरकारी अनुदानको खाँचो तिनलाई छ, जस्ले कृषिलाई आफ्नो जिवन ठान्दै आए । तर, आधुनिक सिप र प्रयाप्त श्रोत छैन । सरकारको प्रमुख दायीत्व यिनको पहिचान गरि तिनको सिपलाई परिस्कार गर्दै श्रोत/साधन उपलब्ध गराउनु हो ।
कृषिको अनुदान बिचौलीयाले खाएको देख्ने सरकारले सहि कृषक चिन्न किन सकेन ! सरकारको आरती गाउँदै कृषिको नाममा भिक्षा माग्ने छद्मभेषी जोगि धेरै छन् । हेक्का राख्नुपर्छ ।
यस्ता जोगीहरुले सस्तो मुल्यमा शहर आसपासका डाँडापाखा किनेर अस्थायी र कृतिम कृषि फर्म खडा गरेकाछन् । तिनिहरुले कृषिमा पाईने अनुदानको फाईल सरकारी पार्टीको कार्यकर्ता बनेर, कार्यकर्ताको सहयोग लिएर सरकारी जस्केलाबाट छिर्ने गर्छन् । चिन्न गार्हो भयो भने बिचौलिया यिनै हुन् ।
आफ्नो थैलो बलियो बाँध्नु, अरुलाई चोर नलगाउनु ! जस्केलो खुल्ला नछोड्नु, बिचौलिया ननिम्त्याउनु ! मन्त्रीज्यू, अनुदान छनोटमा कडाई, अनुगमनमा इमान्दारिता र कारवाहीमा प्रभावकारिता हुनुपर्यो ।
हैनभने कृषि अनुदानको नाममा देशको ढुकुटी रित्तिई रहन्छ, बिचौलिया र मिचौलियाहरु चम्किरहन्छन् ।
ReplyForward
|