आफ्नै पत्निले भिख माग्न जाउ भने पछि…
प्रकाशित मिति: 16 February, 2019 1:51 am
कंजुस व्यापारी : (पत्निसँग) ‘सुन न, जब म सुटेट् भएर जान्छु, पसलेले तरकारीको मुल्य बढि लिन्छ । पुराना कपडा लगाएर गएकोबेला सस्तो दिन्छ, के गरौं भन त ?’
पत्नि : (रिसाउँदै) ‘भोलिदेखि बटुको थाप्दै जानुस्, उसले सित्तैमा दिन्छ !’
ज्योतिषी : ( हात हेराउन आएकी युवतीसँग ) ‘हेर्नुस्, तपाईँको विवाह एउटा जँड्याहासँग हुने योग छ । सुरुमा निकै दुख पनि हुने देखिन्छ ।’
युवती : ‘सधैँ दुख भइरहन्छ गुरु ?’
ज्योतिषी : ‘होइन, केहि परिवर्तन हुन्छ ।’
यु्वती : ( खुशी हुँदै) ‘अनि के हुन्छ गुरु ?’
ज्योतिषी : ‘चिन्ता नलिनुस्,तपाईँमा सहने क्षमता विकाश हुने छ !’
एक पटक एक बृद्धा महिला डाक्टरकोमा गएर भनिन- ‘
डाक्टर सा’ब मेरो दाँतमा धेरै दुखाई भयो’
डाक्टर : ‘मुख आँ गर्नुस् त’
महिला : (मुख बाउँछिन) आँ….
डाक्टर : ‘अरु आँ गर्नुस् ‘
महिला : आँ…..
डाक्टर : ‘अझै आँ गर्नुस् त’
महिला : ( रिसाएर) ‘के तपाईँ मेरो मुखमा चढेर दाँत निकाल्ने हो डाक्टर !’