लोकमान लड्दा यी लोकतन्त्रबादीले किन डाँको छोडे !
प्रकाशित मिति: 9 January, 2017 3:14 am
‘लोकमान चैट्’को समाचार पढ्दै
एउटा जनता डाँको छोड्दै थिए,
छाती पिटि पिटि सहयोग माग्दै
भगवानसँग हात जोड्दै थिए ।
मैले भनें,
न्यायालयको निर्णय हो यो,
स्वीकार्नु पर्छ, ढोग्नु पर्छ ।
धेरै भावुक नहुनुहोस् दाइ,
कर्मको फल सबैले भोग्नुपर्छ ।
उनले भने,
रुँनुको कारण लोकमान हैन भाइ,
मनभित्र पिंडाका अरु नै झाँकी छन्,
बल्ल त एकजना गयो,
सरकार र बिपक्षमा हेर्नोस् त,
सयौं लोकमानहरु अझै बाँकी छन् ।