आजका हेडलाइनहरु : पहुँच भए खाउला मकै, एक्लो भयौ मर्छौ भोकै…
प्रकाशित मिति: 16 November, 2018 2:25 am
आर्थिक सहायतामा बिभेद : निकटलाई करोडौं पाँच हजार निबेदन अलपत्र
ठुलावडा साथमा भए खाउला मस्ती मकै, पहुँच नभै एक्लो भए मर्छौ यसै भोकै !
युरोपिय संघबाट बाहिरेने ब्रिटेन मन्त्रिपरिषदको निर्णय
तिमीसँग छउन्जेल बाँडीचुडी खाउँ, रित्तो भयौ तिमी आफ्नो आफ्नो खाउँ !
गोप्य तस्बिर बाहिरिएपछि प्रहरी गुहार्दै हिन्दी नायिका अक्सरा
उमङ्ग, आबेगमा रोकिएन बेग, उदाङ्गो भएसी लाग्यो उदेक !
सरकारले राजदूत थापालाई फिर्ता बोलायो, शाक्यको नाम सिफारिस
धेरै राम्रा भएर के गर्नु अरुकै राम्रा हुन, जस्ले जे भने पनि हाम्रा हाम्रै हुन !
पूर्व राजदूत उदयराज पाण्डे पुन: मलेसियाको राजदूतमा सिफारिस
एकोहोर्याउने सानातिंना कति छन कति छन, अनुभवले खारिएकाले नै धेरै दाम दिन्छन् !
प्रहरीलाई चालक र सहचालकले १ हजार अफर गरेपछि…
पैसा सस्तो कस्लाई हुन्थ्यो अफरलाई, पैसा खान्छन भन्ने कुरा थाहा थियो उनलाई !