सयको चप्पल जोगाउदा हजारको पैन्ट चट्………
प्रकाशित मिति: 11 November, 2018 3:56 pm
संजोग धेरै लोभि थियो । एक दिन उ आफ्नो छोरालाई मारसँग पिटिरहेको थियो ।
त्यसैबेला छिमेकीले सोधे : लौ न यसरी छोरालाई किन पिट्नु भएको ?
संजोग : मैले यसलाईं भर्याङ चढ्दा एक खुडकिलो फड्किएर चढ्नु, चप्पल धेरै टिक्छ भनेको थिएँ ।
तर उसले त दुई खुड्किला फड्किने भएर नयाँ पैन्ट च्यातेछ !