दुई समाचार सार : चलाउने भएछन रेलगाडी र केबुलकार, जनतालाई बनोस सरोकार नहोस् बेकार ……
प्रकाशित मिति: 3 November, 2018 4:13 pm
जनकपुर-जयनगर रेल संचालन गर्न इन्जिन र डिब्बा भाडामा लिने रेल बिभागको तयारी रहेको समाचार संप्रेषण भएको छ । आगामी महीना देखि पूर्णतया सञ्चालनमा आउने गरि ट्रयाक निर्माणको काम हुदैछ ।सरकारको रेल संचालन गर्ने राष्ट्रीय निती तथा योजनालाई प्रतिष्ठाको बिषय बनाएर हतारमा ब्यापारी र छिमेकीलाई धनी बनाउने र जनताई ऋणको भारी बोकाइने हो कि भन्ने गजुरियल आसंकामा पानी पार्न सरकारलाई हाम्रो चुनौती !
दोलखाको कालिन्चोकमा केबुलकार संचालनमा आएको छ । निजी क्षेत्रबाट संचालित उक्त सेवाले सो क्षेत्रको धार्मिक पर्यटनको बिकाशमा टेवा पुग्ने कुरा केबुलकार संचालकको भनाई छ ।
देख्दा,सुन्दा सान्धर्वीक भए पनि आमा सर्वसाधारणको पहुँचमा होस् । केहि ब्यापारीले पैसा कमाउने र सिमित सम्पन्न र पहुँचदारले रम्ने थलो मात्र नहोस । अन्यथा, केवुलकार चलाउनेलाई अपार, चढ्नेलाई ब्यापार र सामान्य जनताका निम्ती बेकार साबित हुने गजुरियल ठम्याई रहेको छ ।