कस्टडीको नाउँमा, दुई दिनको पाहुना- को हो ? आजका हेडलाईनहरु
प्रकाशित मिति: 8 October, 2018 2:41 am
मानवअधिकार आयोगको निर्देशन : एसपी बिष्ट र बम दिदिबहिनीमाथि अनुसन्धान गर्नु
घुमिफिरी तुम्लिङटार, अब होला त वार पार !
सुनकाण्डका अभियुक्त डा. देबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
१० बर्षे जेल जीवनको अनुमान, बार्षिक एक कक्षा पढ्ने अपेक्षा !
सीके राउत रौतहटबाट पक्राउ
कस्टडीको नाउँमा केही दिनको पाहुना !
मन्त्रालय नटुक्रयाउन प्रदेश १ सरकारलाई सांसदको चेतावनी
मन्त्रालय टुक्रयाई अर्कैलाई उफ्रयाई, खाइ न पाई छालाको टोपी लाई !
दशैंको मुखमा चिनबाट दैनिक १५ ट्रक स्याउ आयात
स्थायी छिमेकीका कुहिएका स्याउ नबिक्ने संकेत !
राष्ट्रकवि घिमिरेले मुलुकलाई असाधारण गुन लगाउनुभएको छ : प्रधानमन्त्री ओली
मरेपछि गीत गाइए कति बितिगए, स्वास छँदै हास्न पाउँने यिनै एक्ला भए !
गुट गिरोहमा बदलिएपछि कांग्रेस बिग्रिएको हो : शेखर कोइराला
बिग्रेका मान्छेको भत्केको घर, भत्केको घरमा केको डर ! गर गर गाली गर
गिरिजालाइ राष्ट्रपति नबनाउनु त्रुटी भयो : प्रचण्ड
बिति गयो बुद्धि आयो, थियौ त लडाँई हुन्थ्यो, छैनौ मिल आउ !
सबै स्थानीय तहमा सुफथ मूल्यका पसल खोल्न तरूण दलको माग
लामो समय सम्म टिकिरहने मागको छनौट !
जनताको अभिभारालाई विश्वासघात गर्न सक्दिंन : प्रधानमन्त्री
अहिले सम्म देखिएको उत्कृष्ट गुण, यही पनि नहुँदो त के भन्नु !
द्वन्दको नाममा भएका सबै अपराधमा छूट हुंदैनन् : प्र म ओली
अपराधी भन्ने जेलमा तान्ने, दिवसको मौकामा सजिलै छाड्ने !