रगत बेचेर दुध किन्ने मान्छेहरु : आजका हेड्लाइन
प्रकाशित मिति: 1 October, 2018 1:27 pm
- वीरगञ्ज चकमन्न, रक्सौललाई लाग्यो दशैं
देशीलाइ दशा, बिदेशीलाइ दशै ! - बाँकेका हेमकर परिवार हत्याकाण्डका अभियुक्त १३ बर्ष पछि समातिए
त्यसैले प्रधान्मंत्रीज्युले एक वर्ष घटाएर निर्मालाको हत्यारा समात्न १२ वर्ष लाग्न सक्छ भन्या होला ! - कोरला नाका खोल्न चीनतर्फ धमाधम काम, नेपाल चुपचाप
परनिर्भरतामा बाँचेको मानसिकताको उपज ! - बिदेश जाने खर्च जुटाउन साथीको अपहरण, हत्या पछि फिरौतिको बार्गेनिङ
रगत बेचेर दुध किन्नु, जनवार र मान्छे चिन्नु ! - दुध, पानी, र तेलका धेरै उधोग मापदण्डबिपरीत : कृषिमन्त्री
सबै तरल पद्धार्थ मापदण्ड बिपरित हुँदा रहेछन् । लोकल रक्सि त छूटाउनु भो नि मन्त्री ज्यु ! - मालपोत कार्यालय चाबहिलका प्रमुख सहित ४ कर्मचारी पक्राउ
परिवार नै मरेछन्, अब त्यो कार्यालय रहेन भुत बंगला ! - दाताले सांसकृतिक सम्पदा पुनर्निर्माण सम्पन्न गर्दै, सरकारले हात हालेका सम्पदा बिवादै बिवादमा
बिदेशीले लोभ्याउने, नेपालीचाँही कमाउने ! - चिकित्सा शिक्षा बिधेयकमा शिक्षामन्त्रीले चलखेल गरे : डाक्टर के सी
डाक्टरले त उपचार गर्ने, अप्रेसन गर्ने हो नि डा.सा. !