रेडियोभित्र दुइटा मादल !
प्रकाशित मिति: 1 October, 2018 1:19 pm
रेडियो प्रविधि भर्खरै सुरुवात भएको बेला एउटा गाँउलेले रेडियो किनेर लगेछन् । छिमेकीहरु समेत भेला भएर रेडियो सुनिरहेकाबेला एकजना छिमेकिले कुरा सुरु गरे : हैन यो रेडियोमा कति धेरै मान्छे अटाउँदा रहेछन् हँ !
अरुले पनि सही थपे : हो त, कोही गीत गाउँछन,कोहि कथा भन्छन्, कोहि कविता भन्ने कति धेरै मान्छे होलान् है यो रेडियो भित्र ! नजिकै खेलिरहेका केटाकेटी मध्य एउटा बच्चाले रेडियो खोलेर ति सबै मान्छे हेर्ने मन गरेछ । बाबु गाउँ तिर घुम्न गएका थिए । आमा किचनमा थिइन् । यसै मौकामा बच्चाले बजिरहेको रेडियो फोडेछ ।
भित्र कुनै मान्छे नदेखे पछि आमालाई बोलाउँदै भनेछ : हेर्नु न आमा, दुईटा मादल मात्र छाडेर सबै मान्छे भागेछन् । मादल जस्ता दुईटा ब्याट्री ।