पप्पु क्यान डान्स साला : आजका हेडलाईनहरु…
प्रकाशित मिति: 25 September, 2018 2:59 am
*जनप्रतिनिधिलाई बिदेश भ्रमणमा जान मन्त्रीको स्वीकृति अनिवार्य
कुरो राम्रो, काम चाम्रो -कार्यन्वयनमा शंका छ हाम्रो ! 😀
*गंगामायाका छोरा नूर प्रसाद अधिकारी पक्राउ, ज्यान मुद्दामा अनुसन्धान थालियों
बाबु मर्नु, आमा थला पर्नु, छोरो जेल पर्नु ! 😀
*नेकपा सचिवालायको निर्णय स्थायी समितिले उल्टाउन सक्छ: युवराज ज्ञवाली
कमरेडले सोचेको परिणाम आएनछ क्यार, कुरो बुझ्नु घर तिर कुद्नु ! 😀
*बल्ल प्रदेश सरकारले कार्यकारी अधिकार पायो: मुख्यमन्त्री राइ
लौ हेरौ न त तपाईंको ल्याकत्, अब केन्द्रलाइ देखाएर रमिता हेर्न मिल्दैन क्यारे ! 😀
*विप्लव समुहका प्रभात चलाउने र जन्मदेव जैशी सहित ५ जना पक्राउ
प्रभात चलाउनेलाइ किन चलाउने ! दीवा चलाउने र संध्या चलाउनेलाइ पो चलाउने ! 😀
*मन्त्रीको आदेशमा अस्पतालमा १४ जनालाइ जागीर
लोकसेवाको तयारी छोडेर मन्त्रीको ईंजार कस्नेले पो जित्छन् कि के हो ! 😀
निजी क्षेत्रको गुनासो: लगानी मैत्री वातावरण अझै बनेन
ठाडै भन्नु नि, ट्याक्स घटाउनु पर्छ भनेर 😀
*काठमाण्डौमै २८ बर्षिय युवती बलात्कृत
बलात्कृत की अस्वीकृत ! 💡
जंगल मासेर निजगढ़मा सहर बनाउनु अनिवार्य होइन: मन्त्री बस्नेत
कसैको चिन्ता जंगल, कसैको चिंता सहर, भन्नुस त मन्त्रीजी लुकेको रहर ? 😀
*नागरिकता ऐन सम्बन्धित बिधेयक त्रुटिपूर्ण: नेता जे एन खनाल
छोड्दिनुस्, २२ लाख पनि यस्तै ख्याल ख्यालमै 😀
*पप्पुलाइ एक हातले कार्बाहि अर्को हातले पुरस्कार
नेताका दुईटा हात एउटा बोलाउने, एउटा धपाउने। Pappu can dance salaa 😀
*नेपालले हाँसिल गरेको उपलब्धी बिश्व सामू प्रस्तुत गर्न आवश्यक: मन्त्री ज्ञवाली
हतार नगर्नुस है, राजनितिक गाईजात्रा अझै सकिएको छैन !