पशु अधिकारकर्मीलाई गर्मी बनाउने जोक
प्रकाशित मिति: 30 December, 2019 6:55 pm
धेरै वर्षपछि कलेजका साथीहरुको भेट भएछ । तीमध्ये कलेज पढ्दा केहीमा पनि अब्बल नभएको टेकबहादुर पनि सामेल थियो । को कस्तो छन्, के गर्दै छन्, आदि इत्यादी कुराहरु भैरहेको थियो ।
त्यो भेटको आयोजकले टेकबहादुरलाई सोध्यो – ‘अनि टेकु, तिमी चाहिँ के गर्दै छौ नि ?’
टेकबहादुर – ‘म जनावरहरुसँग काम गर्छु ।’
सबै छक्क परे ।
आयोजक – ‘ओहो । जनावरहरुसँग ? कस्तो काम गर्छौ तिमी ?’
टेकबहादुर – ‘खासमा म कसाई हुँं ।’