खाली कचौरामा तरकारी देख्ने शिक्षक !
प्रकाशित मिति: 10 December, 2019 9:30 am
आमा : छोरी, यस पटक चाँही सोच्नु पर्छ है, मंसिर लाग्न आँट्यो ।
छोरी : अस्ति नै सोचि सकें, धन्दा नमान्नु ।
आमा : आहा ! के सोच्यौ भन त ?
छोरी : थोत्रा पातला फाल्ने नयाँ बाक्ला हाल्ने, जाडोको दबाई !
रामुकी श्रीमति आफ्नै गाडी चालकसँग पोइल गएपछी…….
श्यामु : अव के गर्छौ भन त ?
रामु : अव के गर्नु र ! आफ्नो गाडी आफैं चलाउँछु !
एक शिक्षकले खाली कचौरामा रोटी चोब्दै खाँदै गरेको देखेपछि……….
वेटर : सर, कचौरा खाली छ तर तपाईँ त चोब्दै खाँदै हुनुहुन्छ, कुरा के हो ?
शिक्षक : म गणित शिक्षक हुँ, मैले एकछि मानिलिएँ, कचौरामा तरकारी छ !