दश रुपयाँ किलो प्याजको हल्लाले कोहि सुतेनन् !
प्रकाशित मिति: 9 December, 2019 9:20 am
खेमराज : ‘डाक्टर सा’ब, नमस्कार ।’
डाक्टर : ‘नमस्कार, भन्नुस के सेवा गरौं ?’
खेमराज : ‘दुई बर्ष अगाडी मलाई ज्वरो आएको थियो ।’
डाक्टर : ‘अनि अहिले ?’
खेमराज : ‘त्यसबेला ननुहाउँनु भन्नु भएको थियो । अब ननुहाउँन मिल्छ की भनेर सोध्न आएको डा’साब !
ग्राहक : ( वेटरसँग ) ? ‘खाना त ताजा र सफा छ नि ?’
वेटर : ‘एकदम ताजा अनि सफा पनि ।’
ग्राहक : ‘ताजा छ भन्ने कसरी विश्वाश गर्ने ?’
वेटर : ‘ विश्वास गर्नस् न,भुइमा खसेको फाल्दैनौं, राम्रा सामान हाल्दैनौं !
======================================
टोलको सरसफाईमा सबै गाउँलेलाई बिहानका राती नै कसरी उठाउने भन्ने छलफल हुँदै गर्दा………
धन प्रसाद : ‘फुर्यो आइडीया ! ताजा आइडीया !’
अध्यक्ष : ‘ल भन्नुस त कसरी सजिलै उठाउँनु हुन्छ ?’
धन प्रसाद : ‘चार बजे नै उठेर टोलभरि घुम्दै भन्नेछु – ‘लौ आयो, १० रुपैया कि लो प्याज, १० रुपैयाँ किलो !’