प्रो.नो-म्यानले दिए राजनीतिको नयाँ परिभाषा !
प्रकाशित मिति: 6 December, 2019 7:27 pm
१० बर्षको बच्चा ध्यान पुर्वक एउटा किताव पढिरहेको थियो जसको शिर्क्श्क थियो – ‘बालबालिकाको पालन पोषण कसरी गर्ने’
आमा : ‘तिमी यो किताव किन पढिरहेका छौ छोरा ?’
छोरा : ‘ममी, म यो जान्न चाहन्छु कि मेरो पालन पोषण ठीकसंग भएको छ कि छैन !”
=======================================
छोरा बिहानै उठेर चकचक गरि रहेको देखे पछि
बाबु : ‘तिमीले के खोजेको हँ ?’
छोरा : कर्मको फल खोजेको बुबा ।’
बाबु : ( एक थप्पड हान्दै ) ”ल खा त !’
========================================
छोरा : बुबा, यो पोलिटिक्स के हो ? मैले बुझ्नेगरी भन्नु न ।
बाबु : ‘तिम्री आमा घर चलाई रहेकी छिन उनलाई सरकार मान, म कमाएर ल्याउँछु मलाई कर्मचारी ठाँन, काम गर्ने कान्छी काम सघाउछिन उनलाई मजदुर मान, तिमी देशको नागरिक र तिम्रो सानो भाई देशको भविश्य ठान । यहि हो पोलिटिक्स !”
छोरा : ‘बुझे बाबा, पुरै बुझे !’
बाबु : ‘कसरी बुझ्यौ भन त ?’
छोरा : ‘आज राती कर्मचारी र मजदुरबीच सुमधुर बार्तालाप भई रहँदा सरकार सुतिरहेको थियो । नागरिकलाई कुनै प्रवाह थिएन भने भविश्य अन्धकारमा रोहिरहेको थियो । यहि रहेछ पोलिटिक्स !’