कुखुराको पेटमै अण्डा ब्वायल गर्ने तयारी !
प्रकाशित मिति: 4 December, 2019 11:21 am
जुत्ता पसलमा पसले र ग्राहकबीचको कुरा
रोहन : ‘साहुजी, राम्रो जुत्ता देखाउनु त ।’
पसले : ‘यो लगाउनुस राम्रो छ ।’
रोहन : ‘यो त अलि साँघुरो भयो नि ।’
पसले : ‘यो एक हप्ता भित्र मै ठिक भै हाल्छ ।’
रोहन : त्यसो भए ठिक छ । मैले पनि एक हप्तापछि नै लगाउने हो !
———————————————————-
प्रश्न :’बायलोजी शिक्षक र फिजिक्स शिक्षकबीच बेमेल हुनुको मुल कारण के होला ?’
उत्तर : ‘क्यामेष्ट्री शिक्षकको अभाव हुन सक्छ सर !’
—————————————————————————-
नर्सरीमा पढ्ने बच्चाले ममीसंग अनौठो जिज्ञाशा राखेपछि………..
बच्चा : ‘ममी, आकाश किन त्यति अग्लो बनाएको ?’
आमा : ‘चराहरु उड्दा पखेटा नठोकिउन भनेर छोरो !’
————————————————–
कुखुरा फर्म छेवैमा बसेर पुन्टेले पानी तताई रहेको देखेपछि
भुन्टे : ‘पानी किन तताएको यार ?’
पुन्टे : ‘पोथी कुखुरालाई खुवाउन !’
भुन्टे : ‘तातो पानी नै किन खुवाउनु त ?’
पुन्टे : ‘ब्वायल अण्डा पारोस भनेर !’