मन् हँसाउने चुड्किलाहरु
प्रकाशित मिति: 7 November, 2019 8:05 am
अधिवक्ता पति र उनकी पत्नीबीचको सम्वन्ध त्यति सुमधुर नभएको समयमा भएको कुराकानी…..
पत्नी : ‘तपाईँ लामो समय देखि वकालत गर्दै हुनुहुन्छ, अब मलाई भन्नुस त जन्म कैद भन्दा ठुलो सजाय के हुन्छ ?’
पति : ‘जन्म कैद भन्दा ठुलो सजाय विवाह हो, जो म भोगि रहेको छु !’
स्कुल भर्ना भएको पहिलो दिन शिक्षकले ओजनलाई भने…
शिक्षक : ‘ओजन, आज पहिलो दिन हो । तिमीलाई मन लागेको कुरा सोध्न सक्छौ ।’
ओजन : ‘सर छुट्टी कहिले हुन्छ !’
विरामी : ‘डाक्टर सा’ब , मलाई आयु ला…………मो वनाउँने औषधीबारे सल्लाह दिनु न !’
डाक्ट र : ‘विवाह गर्नुस ।’
विरामी : ‘यसले आयु बढ्छ र ?’
डाक्टर : ‘बढ्दैन, तर बाँच्ने रहर घट्छ !’