आजका चुट्किलाहरु : कार माग्दा हवाईजहाज दिए !
प्रकाशित मिति: 11 October, 2019 8:23 am
गणीतको कक्षा चलिरहेको समयमा गुरु शिष्यको वार्तालाप
टिचर : रोहण, ५० जना मानिसका लागि ५ के जी दाल पकाउनु पर्छ भने ७५ जनालाई कति ?
रोहण : दाल थप्नै पर्दैन सर, पानी र नुन थपे पुग्छ !
————————————————————-
विवाहको निम्ति केटि माग्ने क्रममा जस्तालाई तस्तै जवाफ
कुमार : (कन्याँसंग) मलाई त कार चाहिन्छ, तिम्रा बाबुसंग दिने हैसियत छ ?
कन्या : (रिसाउदै) हैसियत त् हवाइजहाज नै दिने छ, तिम्रा बाबुको एयरपोर्ट बनाउने हैसियत छ त !
—————————————————————
बाबुले स्कुल लैजादा बच्चा रोएपछि
बाबु : नरोउ छोरो, शेरको बच्चा कहिल्यै रुदैन ।
छोरो : शेरको बच्चा स्कुल पनि जाँदैन नि बुबा !