फेसबुक बन्द गर्ने बिर्कोको खोजी !
प्रकाशित मिति: 17 September, 2019 3:00 am
शिक्षक : ‘रोहन, आयात र निर्यातको नेपाल सुहाउँदो उद्धाहरण भन त ।’ रोहन : ‘ताजा सुपारी र् कुहिएको फलफुल सर !’
एकजना ड्राइभरले २० जना मान्छे किचेर मारेपछि… प्रहरी : ‘यति धेरै मान्छे कसरी मरे हँ ?’ ड्राइभर : ‘ब्रेक फेल भयो सर ! अगाडी हेर्दा दाँया दुइजना मान्छे, बाँया जन्तीको लस्कर देखें मैले के गर्नु पर्थ्यो ?’ पुलिस : ‘दुई जना भएको तिर पेल्नु पर्दथ्यो ।’ ड्राइभर : ‘मैले पनि पेलेको तिनैलाई हो तर उनिहरु दौडिएर जन्तिमा मिस्सिए पछि यो घटना घट्यो सर !’
छोराले मोबाइल चलाएर बसिरहेको देखेपछि…। बाबु : ‘छोरा, यो फेसबुकले तिमिलाई बिगार्छ, बन्द गर ।’ छोरा : ‘बुबा म पनि यहि चाहन्छु । बिर्को भेटिएकै छैन !’
|
|