मन हँसाउने चुट्किला पढ्नुस्
प्रकाशित मिति: 8 September, 2019 4:36 am
डाक्टर : ‘तपाईँ स्वस्थ रहन दैनिक बिभिन्न खेल खेल्ने गर्नुस् ।’
सीमा : ‘म दैनिक खेलिरहेको छु तर कुनै फाइदा भएन ।’
डाक्टर : ‘कति समय खेल्ने गर्नु भएको छ ?’
सीमा : ‘जब सम्म मोबाइलको ब्याट्री सकिंदैन, तब सम्म डा, साव !’
शिक्षक : ‘कस्ले भन्न सक्छ ? २०४६ सालमा के भयो ?’
राजन : ‘बहुदल आएको थियो सर ।’
शिक्षक : ‘स्याबास् ! अनि २०५० सालमा के भयो भन त ?’
राजन : ‘बहुदल ४ बर्षको भयो सर !’
आमा : ‘छोरा, यो १५ सय रुपैयाँ लैजाउ ।’
छोरा : ‘किन यति धेरै पैसा दिनु भएको ?’
आमा : ‘तिमीले फेसबुक चलाउन थालेदेखि पाले राख्नु परेको छैन त्यसैले !’