कुट्न मिल्छ तर जिस्क्याउन मिल्दैन, के हो ?
प्रकाशित मिति: 22 July, 2019 2:59 am
बलियो धनेले कमजोर बिरेलाई मुक्का हानेपछि..
बिरे : ( रिसाउँदै ) तैंले साँच्चै हिर्काएको हो कि जिस्किएको हँ ?’
धने : ‘किन जिस्किनु, बजाएकै हो !’
बिरे : ‘ए त्यसो भने त ठिक छ । किन कि मलाई जिस्किएको मन पर्दैन !’
सानो बच्चाले आफ्नी काकीलाई सध्यो – काकी हजुरको घरमा किन एउटा पनि बच्चा छैन ?’
काकीले जवाफ फर्काइन – ‘छोरा, आजसम्म कुनै भगवानको ध्यान पुगेन, ता कि मेरो आँगनमा पनि एउटा बच्चा खेलोस !’
एक भलाद्मीले सात बर्षे बच्चिलाई जिस्क्याउँदै सोधे…
भलाद्मी : ‘तिम्रो कपाल कति राम्रो छ ! भन त यो तिम्रो बाबाको कारण हो या आमाको कारण ?’
बच्ची : ( निकैबेर सोचेर ) ‘बाबा कै कारण हो ।’
भलाद्मी : ‘कसरी भन त ?’
बच्ची : ‘किन भने बाबा टक्लु हुनुएको छ, त्यसैले !’