नाम परिवर्तन गर्दा राम धुलाई…
प्रकाशित मिति: 17 July, 2019 3:30 am
आजका बिद्यार्थी
कलम-कापी हातमा बोक्यो, अर्कैतिर धुन ।
एउटा आँखा ब्ल्याकबोर्डमा अर्को मोबाइल फोन । ।
एउटा कानले सरको कुरा, अर्को कानमा डिजे ।
पढ्न गएका बिद्यार्थी डिस्को नाँच्दा भिजे । ।
😊😊
फेसबुकमेनिया
रमेश र दिनेशले आफ्नो साथीलाई बेहोस अवस्थामा डाक्टरकोमा पुर्याएपछि
डाक्टर : ‘के भएको भन्नुस् त ?’
रमेश : ‘एक हप्ता देखि इन्टरनेट चलेको थिएन, हिजोबाट बेहोस भयो डक्टर साब !’
😊😊
नाम परिवर्तन गर्दा राम धुलाई
एकजना बिदेशी मुस्लिम युवा संस्कृत बिद्यालय भर्ना भए।
शिक्षक : ‘अब देखि तिम्रो नाम रहिम होइन, राम भयो है !’
(बेलुका)
आमा : ‘रहिम, तिम्रो पहिलो दिनको क्लास कस्तो रह्यो त ?’
रहिम : मम्मी, अब म रहिम हैन, राम भनेर बोलाउनुस् !
(छोराको यस्तो कुरा सुनेर आमा-बाबु मिलेर मज्जाले पिट्छन् )
(भोलीपल्ट)
शिक्षक : ‘के भयो राम ?’
रहिम : ‘दुई जना बिदेशी मिलेर ‘राम धुलाई’ गरे सर !’