चप्पलको माया गर्दा पैताला गायब !
प्रकाशित मिति: 2 June, 2019 4:42 am
ब्याडमिन्टन कोच : (विद्यार्थीसँग) ‘ब्याडमिन्टनको बारेमा सबै जान्दछु ।’विद्यार्थी : ‘सबै जान्दछु ???????’
कोच : ‘विश्वास लागेन ? हैन भने सोधन !’
विद्यार्थी : ‘ब्याडमिन्टन नेटमा कतिवटा प्वाल हुन्छन् ?’
कोच : ‘जिवन परन्त तिम्रो चरणमा परे !’
श्रीमान-श्रीमति खट्पट भएपछि श्रीमान घर बाहिर गए..
श्रीमान : ( राती फोनमा) ‘खाना के बनाएको छ ?’
श्रीमती : ‘बिष !’
श्रीमान : ‘म ढिला आउँछु, तिमी खाएर आरामसँग सुत !’
एउटा जंगलमा एउटा कंजुस र उसको साथी हिंडिरहेका बेला कंजुसलाई पैतालामा चोके गाडिएपछि…
कन्चुस : ‘आहा ! कति राम्रो भयो ।’
साथी : ‘चोके गाडिएकोमा पनि खुशी छस् किन ?’
कन्चुस : ‘धन्न खाली खुट्टा आएछु, नत्र चप्पल समेत छेडिन्थ्यो !’