थाहा पाउनुस् मन कहाँनिर हुन्छ !
प्रकाशित मिति: 24 May, 2019 4:54 am
शिक्षक : ‘कति बर्षको भयौ ?’
बिद्यार्थी : ‘विद्यालयको दर्ता किताबमा हेर्नुस् !’
शिक्षक : ‘कस्को छोरा हौ ?’
बिद्यार्थी : ‘ बिद्यालयको दर्तामा हेर्नुस् !’
शिक्षक : ‘बुबा र आमा मध्ये कस्लाई बढी माया गर्छौ ?’
बिद्यार्थी : ‘मेरो मनलाई सोध्नुस् सर !’
शिक्षक 🙁 अलि रिसाउँदै ) ‘महासय, तिम्रो मन चाहीँ कहाँ छ ?’
बिद्यार्थी : ‘पृय गुरुदेव, हजुरकी छोरीलाई सोध्नुस् !’
आमा : (छोरीसँग) ‘छोरी लिपिस्टिक लगाएर कहाँ जान लागेकी ?’
छोरी : ‘कलेज जान लागेकी आमा ।’
आमा : ‘छोरी, विवाह गर्न कुनै केटा रोज्या छ्यौ ?’
छोरी : ( खुशीहुँदै) ‘हो आमा ! मैले रोजेको छ ।’
आमा : ‘त्यो अभागिलाई भनिदेउ – मेरो विवाह कृष्णमोहनको छोरासँग हुँदैछ !’
रोहन : ‘किरण, चुनाव दुई चरणमा हुन्छ भन्छन्, यो के भनेको हो ?’
किरण : ‘ए त्यो भनेको ! चुनाव अघि जनताको चरणमा नेताको शरण, चुनाव पछि नेताको चरणमा जनताको शरण भनेको क्या !’