चिया नपकाउँदा घाँटी थिच्ने पति …
प्रकाशित मिति: 3 May, 2019 4:28 am
पति : (पत्नीसँग)’एक कप चिया बनाउ त ।’
पत्नी : ‘आफै बनाएर खानुस् !’
पति : ‘मलाई डँडाल्नो दुखेको छ ।’
पत्नी : ‘मेरो पनि घाँटी दुखेको छ ।’
पति : ‘त्यसोभए यहाँ आउ, तिमी मेरो डँडाल्नो थिच, म तिम्रो घाँटी थिचिदिन्छु !’
मुकेश : (फुकेशसँग) ‘तँ श्रमतीलाई प्रेमले बोलाउँदा के भन्छस् ?’
फुकेश : ‘गुगल डार्लिङ भन्छु !’
मुकेश : ‘किन गुगल भनेको त ?’
फुकेश : ‘एउटा प्रश्न गर्दा १० उत्तर दिने भएर !’
बाबु : छोरी, तिमी दिनभर कहाँ गएकी थियौ ?
छोरी : सपिङ महलमा ‘बाबा’ ।
बाबु : ‘के के लियौ त ?’
छोरी : ‘एउटा हेयर बेण्ड र पचास सेल्फी !’