सबै भन्दा झुर तिन चुट्किला !
प्रकाशित मिति: 29 April, 2019 4:45 am
श्रीमतिले औंलाको इसाराले श्रीमान्लाई बोलाएपछि..
श्रीमान : ‘भन, के भन्न खोजेको ?’
श्रीमति : ‘केही पनि होइन । खाली औंलाको ताकत मात्र जाँचेकी हुँ !’
प्रश्नपत्र पाएर पनि केही नलेखी बसेको देखेपछि…
गार्ड : ‘तिमीले पेन ल्याउन भुल्यौ ?’
बिद्यार्थी : ‘केही बोल्दैन ।’
गार्ड : ‘तिमीले रोल नम्वर बिर्सियौ ?’
विद्यार्थी : ‘चुपचाप रहन्छ ।’
गार्ड : ‘कि तिमीलाई सन्चो भएन ?’
विद्यार्थी : (रिसाउँदै) ‘चुप लाग्नुस् तपाईँ ! अर्कै विषयको चिट् ल्याएछु नि !’
शिक्षक : ‘स्वर र ब्यन्जनमा के फरक छ भन त ।’
विद्यार्थी : ‘स्वर मुखबाट बाहिर आउँछ, व्यन्जन भित्र जान्छ सर !’