दाँत हल्लाएकाेमात्र यति महँगो…
प्रकाशित मिति: 20 April, 2019 8:13 am
किरण : (रोहनसँग) ‘बैंकहरुले सेवाग्राहीलाई सहज सुविधा दिएका छन्, हैन त ?’
रोहन : ‘के दिएका छन र ?’
किरण : ‘बस्ने कुर्सी र हेर्ने टिभि समेत !’
रोहन : ‘देख्दा दिएको तर भोग्दा चाँही लिएको हो ।’
किरण : ‘कसरी भन त ?’
रोहन : ‘हामीलाई कुर्सी र टिभिमा भुल्याउने, कर्मचारी घटाएर पैसा बचाउँने !’
डाक्टर : (विरामीसँग) ‘तपाईँको दाँत फुकाल्नु पर्छ ।’
विरामी : ‘चार्ज कति लाग्छ डाक्टर सा’ब ?’
डाक्टर : ‘हल्लाउनु पर्छ, फुकाल्नु पर्छ । पुरै दुइ सय लाग्छ ।’
विरामी : ‘लिनुस् ५० रुपैया, म आफै फुकाल्छु, हल्लाई दिनुस् मात्र !’