ज्वाईं रोए धर्धरी सासुसँग….
प्रकाशित मिति: 17 April, 2019 5:30 am
ज्वाईँ : ‘सासु आमा, हजुरकी छोरी सयौं अवगुण रहेछन् ।’
सासु : ठिक हो, त्यसैले त उनले असल पति पाउन सकिनन् !’
एकजोडी युवायुवती डाक्टरको क्लिनिमा पुगेपछि…
डाक्टर : ( महिलासँग) ‘ल भन्नु के समस्या छ ?’
महिला : ‘मलाई हैन डा’सा, वहाँ राती चर्को स्वरमा मेरो नाम पुकार्नु हुन्छ ।’
डाक्टर : ‘तपाईं त भाग्यमानी हुनुहुँदो रहेछ !’
महिला : ‘म अभागी छु डा’सा, भोली वहाँकी पत्नी माइतबाट आउँदैछिन् !’
धनप्रसाद : ‘हर्के, तेरो विहे को सँग भयो ?’
हर्के : ‘एउटी केटीसँग !’
धनप्रसाद : ‘नाम पो सोधेको त , कतै केटासँग हुन्छ त विहे ?’
हर्के : ‘हुन्छ, मेरी दिदिको केटासँग भएको छ त !’