खानाबिनाको पाईखाना के काम !
प्रकाशित मिति: 12 April, 2019 3:50 am
जुल्पे : (चिण्डेसँग) ‘तैंले थाहा पाईस् चिण्डे, सरकारले हामी जस्ता गरिबलाई नि:शुल्क चर्पी बनाइदिने भएछ नि !’
चिण्डे : ‘छोड्दे यस्ता कुरा, खाना बिनाको पाइखाना के काम !’
घरझगडा पछि पति-पत्नी
पत्नी : (पतिसँग) ‘म त आमाको घर जान्छु, यहाँ बस्दिन ।
पति : ‘म पनि आमा घर जान्छु ।’
पत्नी : ‘अनि छोराछोरी के गर्छन त ?’
पति : ‘उनीहरुको के चिन्ता गर्छेस् , उनिहरु पनि आफ्नी आमासँग जान्छन नि ! ‘
भिखारी : ‘हजुर, केही दिनुस न !’
बटुवा : ‘यति हट्टा कट्टा भएर भिख माग्न लाज
लाग्दैन ?’
भिखारी : ‘त्यसो भए तपाईँकी बैनी मलाई दिनुस हजुर !’
ReplyForward
|