दाँत फुकाल्ने सजिलो तरिका…
प्रकाशित मिति: 25 March, 2019 5:09 am
गुण्डा : (पेस्तोल देखाउँदै) ‘पर्स निकाल, नत्र गोली हान्छु ।’
बटुवा : ‘ल, पर्स लैजा तर गोली नहान ।’
गुण्डा : ‘मुर्ख, कति डरपोक भएको, पेस्तोलमा गोली नै छैन ।’
बटुवा : ( हास्दै) ‘पटमुर्ख, लोभिएको,पर्समा केहि पनि छैन !’
हर्के पार्किङमा कार रोक्छ र दुइवटा चक्का खोलेर डिकीमा राख्दै गरेको देखेपछि…
प्रहरी : ‘तपाईँले किन टायर लुकाउनु भएको ?’
हर्के : ‘पार्किङ बोर्डमा दुई चक्के सवारीलाईमात्र लेखेको देखेर !’
हर्के भोज खाएर राती अबेर घर फर्किएकोले भोलिपल्ट उसको साथीले सोध्छ…
साथी : ‘तँ रातमा पिएर अबेर घर जाँदा बुढीसँग झगडा भएन ?’
हर्के : ‘एकछिन जिस्कियौं मात्र, यि दुईटा दाँत त फुक्लिनेवाला नै थिए !’
(फोटो साभार:सामाजिक सन्जाल)
|