होलीका लागि उत्कृष्ट चुट्किलाहरु…
प्रकाशित मिति: 20 March, 2019 3:12 am
जँड्याहा पति : ‘मेरो हातमा सरकार हुँदो हो त देशको भाग्य नै बदल्दिने थिएँ ।’
पत्नी : (हास्दै) ‘पहिले आफ्नो पेन्ट बदल्नुस्, बिहान बिहानै मेरो सुरुवाल लगाएर घुम्दै हुनुहुन्छ !’
कृष्णे : ‘पर्खिदै हैरान भएँ, किन ढिलो गरेको यार ?’
काले : ‘बाटोमा एकजनाको २००० रूपैया झरेछ क्या !’
कृष्णे : ए, तैले पनि पैसा खोज्न सघाइस् ?
काले : ‘हैन, पैसा हावाले उडाउला भनेर पैतालाले थिचेर उभिइ रहें !’
विद्यार्थी : ‘ सर, म त बितेको कुरा बिर्सिहाल्छु के गरौं ?’
गुरु : ‘एउटा कुरा भन त, तिमीलाई मैले अन्तिम पटक कैले कुटेको थिएँ ?’
विद्यार्थी : ‘गएको शुक्रबार सर !’
गुरु : ‘अनि यो कुरा कसरी बिर्सिएनौ त ?’
विद्यार्थी : ‘मलाई practical मा हैन, theory मा problem छ सर !’
उसलाई बेहोस बनाइयो र अप्रेशन गरियो । होस खुलेपछि आँखा खोल्दै विरामीले सोध्छ – ‘डाक्टर सा’ब, अब त मेरो रोग समाप्त भयो नि ?’
अँधेरो कुनाबाट आवाज आउँछ – ‘डाक्टर त धरतीमै रहे मानव, म त यमराज हुँ !’