ओहो, यति सानो गल्तिको सजाय यत्रो !
प्रकाशित मिति: 18 March, 2019 2:09 am
शिक्षिका : ‘एकातिर बुद्धि अर्कातिर पैसा ! तिमी के रोज्छौ भन त ?’
विद्यार्थी : ‘पैसा !’
शिक्षिका : ‘गलत, म त बुद्धि रोज्दछु ।’
विद्यार्थी : ‘ठिक भन्नु भयो मिस, जोसँग जे छैन त्यही रोज्ने हो !’
आमा : ‘छोरा, तिमी आज किन चाँडै घर आयौ ?’
छोरा : ‘मैले एउटा मच्छड मारें, त्यसैले मिसले सजाय दिनु भएको !’
आमा : ‘जाबो मच्छड मारेकोमा यति ठुलो सजाय ?’
छोरो : ‘मच्छड मिसको गालामा थियो क्या !’
गुरु : ‘बसन्तले मलाई मुक्का हान्यो’ लाई अंग्रेजीमा उल्था गर्न को सक्छ ?’
सेवक : ‘म सक्छु सर ।’
गुरु : ‘ल भन त, सुनौं !’
सेवक : ‘बसन्त-पञ्च-मी’ सर !’