यसरी त शेरबहादुर बड्डाले पुरै पाँच बर्ष खान्याछन्

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार ०३:०८

प्रिय शेरबहादुर दाई,
तपाईं चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नु भयो । दोश्रोमा आफन्तलाई बलियो गराउनु भयो । तेश्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनु भयो । अब, चौथो कार्यकाल देश र जनताकालागि समर्पित गर्नुहुनेछ भनेर आश् गर्न सकिने तर भर पर्न नसकिने गजुरीयल ठम्याई छ ।

deuba

ठम्याई किन छ भने इतिहास हेरेर वर्तमानको आंकलन गर्न सकिन्छ । इतिहास भन्छ, शेरबहादुर दाईको बिगत काण्डै काण्डका झुण्ड हुन् । सुण्ड मुण्ड चलाउनेदेखि सुत्केरी काण्ड, पजेरेको काण्ड, सांसद खरिदबिक्री काण्ड, पार्टी फुटाउ काण्ड, संसद टुटाउ काण्ड, दरबारमा बुझाउ काण्डजस्ता थुप्रै काण्डका प्रकाण्ड प्रश्तुतकर्ता भएकाले तर्पांईको चौथो कार्यकालका पनि काण्डमय हुने खतरा देखिन्छ । यस पटक काण्डहरुको ताण्डव रोक्न बिषेश उपाय अपनाउनु पर्ने गजुरीयल सुझाव छ ।

सबैभन्दा पहिले तपाईंको गृहशान्ती हुनु पडन्छ शेरबहादुर दाई । आरजु भाउजुले आवस्यक सुझाव दिनोस्, अनावस्यक दबाब नडाल्नोस् । बढुवामा हात नबढाउनोस् । सरुवामा साथ नदिनोस् । नियुक्तिमा लोभ नगर्नोस् । कमिसनमा ऱ्याल नकाड्नोस् । घुसमा हात नलम्काउनोस् । उपहारमा आंखा नचम्काउनोस् । हजुरलाई नपुग्दो के छ र ।
कांग्रेस नेताज्यूहरु, गुटको गञ्जागोल नबनाउनोस् । फुटको पिलो नचलाउनोस् । ठेक्कापट्टाको ठट्टामा नलाग्नोस् । पार्टीलाई एक ढिक्का बनाउनोस् । ढिक्कालाई नुनजस्तो नपगाल्नोस् । सहमतीको ढोकामा बार नलाउनोस् । बिमतीको समस्या पार लगाउनोस् । पक्षलाई मान गर्नोस् । बिपक्षलाई सम्मान गर्नोस् । प्रतिपक्षको अपमान नगर्नोस् । धन्दामा लागेर समाजवादी सिद्धान्तको बदनाम नगर्नोस् ।

Download Trilian VST Crack

प्रचण्ड कमरेड, शेर बहादुर दाईको बोलीमा ब्रेक लगाउन भन्नोस् । ब्यवहारमा नियन्त्रण राख्न सिकाउनोस् । कालोलाई सेतो भनेमा करेक्सन गराउनोस् । अर्घाखांची जाने भन्दै रांची लागे भने डाईरेक्सन बताउनोस् । बोलि नबुझिए, ब्यवहारबाट देखाउन लगाउनोस् । ब्यवहारपनि नसुध्रिए घरबार सम्हालेर बस्न भन्नोस् । किनभने देशको दोहन गर्ने लाईनमा अरुपनि छन्, तिनलाई चान्स दिनोस् ।

😈 भालुलाई पुराण पढि दिनु भएकोमा संपूर्ण पाठकहरुलाई धन्यावाद ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com