राजनीतिमा जाने ? गजुरीयलका रीयल ३ दर्जन टिप्स

प्रकाशित मिति: ३ पुष २०७३, आईतवार ०७:३७

pol१.राजनीति सबैले बुझ्नुपर्छ ।
२.बुझ्नकालागि हरेक घटनामा चासो राख्नु पर्दछ ।
३.चासोले चेतना बढाउंछ ।
४.चेतनास्तरबाट गरिएको राजनीति दिर्घकालिन हुन्छ ।

५.गुमनामबाट बंच्नकालागि बनिने नेताको लोकप्रियता कमजोर हुन्छ ।
६.दिर्घकालसम्म टिक्ने राजनीति बिचारको हो ।
७.अडानको हो ।
८.आस्थाको हो ।
९.चर्चाकालागि गरिने राजनीतिको आयु छोटो हुन्छ ।

१०.संबन्ध, नाता, थर र गोत्रका आधारमा पनि राजनीतिमा टिकिंदैन ।
११.राजनीतिमा टिक्नकालागि त्यसभित्रका खेल, झेल र बेमेलहरुलाई बुझ्नुपर्छ ।
१२.राजनैतिक भाषामा भन्दा समस्याको अन्तरवस्तु चिन्नुपर्छ ।
१३अन्तरबिरोधहरुलाई बुझ्नुपर्छ । आफुले बुझेरमात्र हुंदैन ।
१४.यो बिषयलाइ अरुले कसरी बुझि रहेकाछन् भन्नेपनि बुझ्नु पर्छ ।
१५. के गलत, के सही छुट्याउन सक्नुपर्छ ।
१.यसपछि बल्ल राजनीतिमा लाग्नुको फाईदा देशलाईपनि हुन्छ, आफुलाई पनि हुन्छ ।

१७.आफुलाई फाईदा हुन्नुको अर्थ आत्मसन्तुष्टी मिल्छ भन्न खोजिएको हो ।
१८.मनका खाम् खाम्, मुखमा राम रामले राम्रो गर्दैन ।
१९.मन र मुखको मिलन भयो भनेमात्रै मज्जा आउंछ ।
२०.राजनीति गर्नुको मज्जा तबमात्रै आउंछ जब आफुले गरेका कर्मद्धारा जनता लावान्भित हुन्छन् । २१.अरुकोमात्रै मज्जाका लागि हो भने अन्य पेशा अपनाउनु उचित हुन्छ ।

२२.मेरो संपूर्ण जिवन देश र जनताकालागि भन्ने गरिन्छ ।
२३. देश र जनता भनेको म आफुपनि हुं भन्ने कुरा बिर्सनु हुन्न ।
२४.आफ्नो राजनीतिले जनतामात्र लाभान्वित भएरमात्रै पुग्दैन ।
२५. त्यो लाभको सकारात्मक असर राजनीतिज्ञ स्वयम्लाईपनि पर्नुपर्छ ।
२६.आफु दुखी र निरास भएर गरिने राजनीतिले लामो यात्रा तय गर्दैन ।

२७.भरखर राजनीतिमा छिरेका नयां जोगीले धेरै खरानी घस्नु हुन्न, अनुहारमा एलर्जी हुनसक्छ ।
२८.नयां पार्टीमा हिट हुन पुरानो पार्टीप्रति आक्रामक बन्नु राम्रो हैन ।
२९.घटनाको सुक्ष्म बिश्लेषण गर्ने, परिस्थितिलाई पर्घेल्ने तथा मनस्थितिलाई मन्थन गर्ने गर्नु पर्दछ ।
३०.मन्थन गरेपछि निस्कएको बिचारको नौनीलाई पनि खारेरमात्रै प्रयोगमा ल्याउनु उपयुक्त हुन्छ ।
३१.तपाईंले जति बोलेपनि नयाँ कुरा केही आउंदैनन् ।
३२.मनमा संग्रह गरेका पुरानै कुरामात्रै तपाईंले निकाल्ने हो ।
३३.नयां कुराकालागि बोल्ने कम र सुन्ने ज्यादा गर्नुपर्छ । जे सुनिन्छ त्यही पस्किने पनि हैन ।
३४.स्वयम्भुका दुईवटा आंखाले न्याय अन्य छुट्याएजस्तो सही र गलत पनि छुट्याउन सक्नुपर्छ ।
३५.धेरै सुन्ने ( सुन्नेमा पढ्ने, अन्र्तकृया गर्ने, जानकारी लिनेजस्ता कार्यपछि पर्दछन्) थोरै बोल्ने गर्नाले ३६.राजनीतिमा पाक्न सकिन्छ ।
३७.केवल बोल्ने बानीले चांडै थाक्न सकिन्छ ।

३८.राजनीति गीतजस्तो कोमल हुंदैन ।
३९.यो कैले ढुंगोजस्तो निर्मम हुन्छ । कैले पानीजस्तो तरल हुन्छ ।
४०.देख्दा सरल लाग्छ तर गर्दा अप्ठ्यारो हुन्छ ।
४१.पोलिटिक्स रेखाजस्तो जस्तो सोझो हुंदैन ।
४२.कैले यसले त्रिभुज आकार लिन्छ, कैले षटकोण बन्छ ।
४२.राजनीतिको रंग अनुसार आफु बदलिन सकियो भने त्यसले तपाईंलाई सफल बनाउंछ ।
४४.तर, देश र जनता जहांको त्यही रहनेछन् ।
४५.देश र जनताको स्वार्थ अनुसार राजनीतिलाई ढाल्न खोज्नु भयो भने यसैबाट आजिबिका गर्ने ४६.राजनीतिज्ञहरुले तपाईलाई त्यसो गर्नै दिंदैनन् ।

४७.बाटो अप्ठेरो छ ।
४८.ज्यान र फ्यान जोगाउनु होला, शुभ कामना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com