मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य ट्रान्जिट पुरस्कार

प्रकाशित मिति: २० आश्विन २०७३, बिहीबार १०:५०

14614448_10154156187723740_1293468417_o-1
कलाकार मनोज गजुरेललाई मलेसियामा अन्तराष्ट्रि्य पुरस्कार मिलेको छ । क्लालालम्पुर एयरपोर्ट अथोरिटिले उनलाई ‘ट्रान्जिट पेसेन्जर अफ द डे’को रुपमा पुरस्कृत गरेको हो । गजुरेल मलेसियन एयरलाईन्सबाट सिड्नी–काठमाण्डौको उडानमा थिए । जस अन्तर्गत क्वालालम्पुरमा १७ घण्टा ट्रान्जिट परेको थियो ।
 
‘लामोभन्दा लामो ट्रान्जिटलाई पनि रमाईलो तरिकाले ब्यहोर्ने यात्रुलाई यो पुरस्कार दिईन्छ ।’ एयरपोर्ट अथोरिटी प्रमुख मरियम अनवरले भनिन् । ‘१८/८ इन्चको सानो सिंगल सोफामा चामत्कारिक ढंगले सुत्न, बस्न र योगासन गर्न सकेकाले उहाँ सम्मानित हुनु भएको हो ।’ मलेसियन एयरलाईन्सका प्रबक्ता टायर्ड स्पिडले थपे, ‘ट्रन्जिट लामो भयो भनेर हामीसँग रिसाउने यात्रुहरुले मनोज सरले प्राप्त गरेको पुरस्कारबाट सिक्नु जरुरी छ । ।’
 
‘पहिलो ८ घण्टा एयरपोर्ट भित्रकै होटलमा बिताएपछि बांकी ९ घण्टा लाउन्जमा बसेका थियौं ।’ मनोजका सिड्नी देखिका सहयात्री उपेन्द्र बस्नेतले भने, ‘मनोजदाईले प्राप्त गरेको पुरस्कार हामी सबै ट्रान्जिटेहरुको पुरस्कार हो । यति लामो ट्रान्जिट सबैलाई सधैं परोस् ।’ उनले थपे, ‘झन्, बृद्धबृद्धा र बालबालिकालाई झन् कति मज्जा आउंदो हो !’
 
‘१७ घण्टे ट्रन्जिटमा अरु थुप्रै यात्रुहरु भएपनि मनोज नै किन ?’ जवाफमा सुरक्षा प्रमुख म्याउ सि चाउले सिसि क्यामेराको क्लिप्सहरु देखाउंदै, ‘यस्तो अजंगको मान्छे यति सानो सोफामा गुंडुल्कासन, उत्तानासन, घोप्टासन, ठाडाखुट्टासन, किकासन, भद्रासन लगायतका आसन गर्न  सक्नु बाँकी यात्रु तथा हाम्रालागी अद्भुत घटना थियो ।’
उनले पुरस्कार स्वरुप म्याकबुक प्रो, रेटिना फिप्टिन इन्च प्राप्त गरे । क्वालालम्पुर एयरपोर्ट प्रमुख मार्गरिटा अनवरबाट पुरस्कार ग्रहण गरेपछि  संबद्ध सबै पक्षलाई धन्यवाद दिएपछि मनोजले हाई काड्दै भने,  ‘हैट, कस्तो अनौठो सपना देखिएछ !’
 14618631_10154156185053740_1549538810_o 14590082_10154632036636474_6732637616570990004_o14599930_10154156185028740_1842205954_o 14580457_10154156160718740_203392432_n 14572522_10154156185083740_448328565_o
 🙂 तस्वीर सौजन्य: उपेन्द्र बस्नेत

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com