हाम्रो सम्पादकीय लाइन

 

 

गजुरीयल डटकम रियल कुराहरूको गजुरियल टिप्पणी हो । यहाँ प्रकाशित सामाग्रीहरू अर्धसत्य मात्र हुन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुने छैन, भूलसुधारको सुन्दर अवसर पनि बन्नेछ 🙄

-शालीन, सरल र सभ्य हास्यव्यंग्य हाम्रो उद्देश्य हो । उद्देश्यबाट स्खलित भएमा मुक्का मार्न सक्नुहुन्छ तर प्रतिकृया पठाएर ! हामी सत्य बोल्न र तथ्य लेख्न सधैं हिचकिचाउँछौ किनभने ज्यानको माया सबैलाई हुन्छ 😮

-सिधा कुरा–प्रष्ट विचार गजुरियल डटकमको मूल सिद्धान्त हो । सिधा र प्रष्ट बिचार राख्दा कुटाई खाने डर हुन्छ । यस्तो बेलामा सिद्धान्तलाई केही हुन्न, ज्यानले दु:ख पाउँछ । हाम्रा सामाग्रीले कसैको मपाईंत्वमा ठेस पुगेमा हामीलाई हात नहाल्नु होला । वकील र न्यायाधिशलाई पनि काम दिनु पर्दछ  😀

– बाङ्गो लेख्छौं, बाङ्गो बोल्छौं र बाङ्गै देखाउँछौं तर हामी सुल्टै जन्मिएका हौं । कुनै सामाग्रीको मर्म नबुझेर चर्म चिलाउन सक्छ तर चिन्ता लिनु पर्दैन । किनभने गैंडालाई पनि कुरो बुझ्न बर्षदिन लाग्छ । हामी त गैंडाभन्दा पनि बुद्धिमान प्राणी, दुई–चार बर्षपछि अवश्य बुझिन्छ 😈

गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं :mrgreen:

-हाम्रो शैली नै झुक्याएर मनोरञ्जन दिने हो । तपाईंको भावनामा खेलेर चित्त दुखाएकोमा क्षमा माग्छौं । तपाईंले पनि हामीलाई प्रतिकृया मार्फत् चित्त दुखाउन पाउने अधिकारको ग्यारेन्टी गरिएको छ 😉

-उमेरले कच्चा–दिमागले पक्का भएका, ज्यानले केही नचल्ने–मनले सबथोक चल्ने, शोकले सुकेका, रोगले रोएका, हाँसेर बाँच्न चाहने, बाँचेर हाँस्न चाहने, सबै उमेर र वर्गलाई हाम्रा उत्पादन लाभदायक रहेको डाक्टरले बताएका छैनन् तर हामी त्यो दावा गर्छौं 😎

-आपराधिक, साम्प्रदायिक, ईगोरोगी, हास्यको मर्म नबुझ्ने, व्यंग्यको धर्म नजान्ने विद्वानहरुले डाक्टरलाईं जँचाएरमात्र साइटभित्र प्रवेश गर्न हार–दिक्क अनुरोध छ 😛

-तपाईंको तिखो ताली हाम्रो पुर्जा हो, तितो गाली हाम्रो उर्जा हो । विचार, सुझाव र प्रतिकृयाकालागि हाम्रो ईमेलको ढोका सधैं खुल्ला रहनेछ । सबै हाँस्न सकौं, सधैं हाँस्न सकौं 🙂

[email protected]

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com